घरेलु तथा साना उद्योग कार्यालय गुल्मी, प्रदेश सरकार लुम्बिनी प्रदेश,
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लाका
घरेलु तथा साना उद्योग कार्यालयहरु मध्येको एक हो । जिल्लास्थित उद्योग तथा
उद्योगीहरुको व्यवसाय विकासमा टेवा दिँदै औद्योगिक प्रबर्द्धन गर्नु तथा सीप विकास
तालिम र उद्यमशीलता विकास तालिम प्रदान गरी युवा,दलित, पिछडिएका तथा बेरोजगार
युवाहरुलाइ आय आर्जनमा सहभागी गराउनु यस कार्यालयको मुख्य कार्य हो ।